दफा ५२
सूचनाको गोप्यता
(१) भ्रष्टाचारको कसुरमा अनुसन्धान र तहकिकातको सिलसिलामा अनुसन्धान अधिकारीलाई प्राप्त भएको सूचना वा जानकारी वा बुझेको वा सङ्कलन गरेको प्रमाणहरू मुद्दा दायर नहुँदै सार्वजनिक रूपमा प्रकट गर्नु हुँदैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसन्धान अधिकारीले उपयुक्त सम्झेको सार्वजनिक महत्वको कुनै कुराको छानबिन, अनुसन्धान र तहकिकात सम्बन्धी विवरण आवश्यकता अनुसार प्रकाशमा ल्याउन सक्नेछ ।